२ लाख नयाँ रोजगारी सिर्जना हुनेगरी बजेट विनियोजन

जेष्ठ १५, २०८१ | काठमाडौं

सरकारले आगामी आर्थिक वर्षमा कम्तिमा २ लाख नयाँ रोजगारी सिर्जना हुनेगरी बजेट विनियोजन गरेको छ ।

रोजगारी अभिलेखिकरण एवं श्रमको माग र आपूर्तिलाई स्वचालित प्रणालीमा लैजाने बजेटमा उल्लेख छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई बजेट मार्फत अर्थमन्त्री पुनले निरन्तरता दिनुभएको छ । वैदेशिक रोजगारीमा जानेलाई सीपयुक्त बनाईने बजेटमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएका युवालाई लक्षित गरी सरकारले रिटर्नी उद्यमशिलता विकास कार्यक्रम घोषणा गरेको छ । कम्तिमा १ लाख युवालाई स्वदेश फर्किएलगत्तै युवा उद्यमशिलता विकास कार्यक्रममा समावेश गर्ने गरी सरकारले बजेट कार्यक्रम घोषणा गरेको छ ।

वैदेशिक रोजगारीमा जाने क्रममा रेमिट्यान्सको सदुपयोग गर्नका लािग बैंक खाता प्रोत्साहन कार्यक्रम पनि बजेटमा घोषणा गरिएको छ ।

 प्रत्येक प्रदेशमा १ हजार युवालाई सीप एवम् स्थानीय पूर्वाधार विकासमा लगाउने गरी सरकारले कार्यक्रम घोषणा गरेको छ । सरकारले श्रम रोजगारको क्षेत्रमा ८ अर्व १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 


प्रतिक्रिया