डोटीमा १० हजार ७ सय बालबालिकालाइ आईपीभी खोप लगाइयो

जेष्ठ २४, २०८१ | डोटी

डोटीका १० हजार सात सय ३१ बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाइएको छ ।

गत जेठ १३ गते देखि २२ गतेसम्म सञ्चालन गरिएको अभियानमा उनीहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालय डोटीले जनाएको हो ।

अभियानका लागि जिल्लाचर ४ सय ३८ खोप केन्द्र तोकिएको थियो । २०७३ साल वैशाखदेखि २०७५ साल असोज सम्मको अवधिमा जन्मिएका बालबालिकालाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले बताउनुभयो ।

पोलियो खोप अभाव भएका कारण देशभरका १४ लाख ६२ हजार ७ सय १२ बालबालिकाले खोप बाट बञ्चित भएका थिए ।

पोलियोविरुद्धको खोप लगाउन वञ्चित बालबालिकामा पोलियोको जोखिम बढी हुने भएकाले अभियान मार्फत खोप लगाइएको हो । नेपालमा पोलियो विरुद्धको खोप २०७१ सालदेखि लगाउन सुरु गरिएको हो । 


प्रतिक्रिया