संखुवासभाको शारदा माविका तत्कालीन प्रधानाध्यापकसहित ४ जनाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

जेष्ठ ३०, २०८१ | काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाको शारदा माध्यमिक विद्यालय हुम्लिंगका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित ४ जनाविरुद्ध १५ लाख ५६ हजार ९ सय १० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

खानेपानी तथा पुस्तकालय व्यवस्थापनका लागि विनियोजन भएको रकम हिनामिना गरेको आरोपमा प्रधानाध्यापक भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारी, शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशव कुमार शाक्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

पुस्तक खरिद गरेको झुट्टा बिल भरपाई गरेको तथा खानेपानी व्यवस्थापनको लागि निकासा भएको रकम हिनामिना गरेको पाइएपछि उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारको भनाइ छ ।  


प्रतिक्रिया