लुम्बिनी विकास कोषका इन्जिनियर भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना गर्ने अदालतको फैसला

जेष्ठ ३१, २०८१ | काठमाडौं

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख रुपैया जरिवाना तय भएको छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले गत साता दोषी ठहर गरेकोमा आज उनको सजाय निर्धारण भएको हो । 

ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट कमिसन लिएर जग्गाजमिन जोडेको लगायतको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २५ विशेष अदालतमा भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो ।

 भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका सञ्चालकबाट घुस रकम लिई आमा जनकनन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा जग्गा खरिद गरेको अभियोग लगाएको थियो । अदालतले अर्की प्रतिवादी भट्टराईकी आमा जनक नन्दनीलाई भने सफाइ दिएको छ । 


प्रतिक्रिया