भैरहवा कारागारमा सुरक्षा चुनौती र महामारीको जोखिम

असार २, २०८१

क्षमताभन्दा धेरै कैदी राख्नु पर्दा भैरहवास्थित जिल्ला कारागार रुपन्देहीमा कैदी÷बन्दी बिच आपसमा झैझगडा हुने र गर्मी याममा महामारी रोगको जोखिम हुने गरेको छ ।

क्षमताभन्दा चार गुणा भन्दा धेरै कैदीबन्दी राख्दा कारागारमा सुरक्षा व्यवस्थापन पनि निकै चुनौतीपुर्ण बनेको छ । सागुरो भवनमा अत्याधिक कैदीबन्दी राख्ने गरिएको छ । कारागारको क्षमता १ सय जनाको भए पनि दैनिक ४ सय ५० देखि ५ सय जनासम्मको संख्यामा राख्ने गरिएको छ ।

कारागार प्रमुख जगतबहादुर बस्नेतले सानो ठाउमा धेरै थुनुवा हुनुले सुरक्षा चुनौती भएको र बन्दी बिच आपसमा कहिलेकाही कुटपीट हुने गरेको बताउनुभयो । गर्मी यामको बेला विभिन्न संक्रामक रोगको महामारी पनि पैmलिने गरेको उहाँले उल्लेख गर्नुभयो ।

९० वर्ष पूरानो भवन जिर्ण बनेकाले ठाउठाउमा भत्किने, चुहिने र विरुवा उम्रिने गरेको उहाँको भनाई थियो ।  


प्रतिक्रिया