नेपालमा विदेशी पर्यटक आगमनको अवस्था बढ्दो

असार २१, २०८१ | काठमाडौं

नेपालमा विदेशी पर्यटक आगमनको संख्या पछिल्लो समय बढ्न थालेको छ । पछिल्लो चार वर्षमा ३ प्रतिशतले पर्यटकहरुको संख्या बढेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

अघिल्ले वर्ष १० लाख पर्यटक नेपाल भित्रिएका थिए । पछिल्लो ६महिनामा मात्र नेपालमा ५ लाख ८३ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । भारत, चीन, क्यानडा, जापान, अमेरिका लगायतका मुुलुुकबाट पर्यटकहरु नेपालमा आउने गर्दछन् ।

परम्परागत बजारहरु भारत, अमेरिका, बाट नेपाल घुम्न आउने पर्यटकहरुको संख्या विगतभन्दा बढेको बोर्डले जनाएको छ । चीनबाट नेपाल भित्रीने पर्यटकको संख्या भने घटेको छ ।

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्राउने सरकारको नीति अनुसार अघि बढिरहेको वोर्डका निर्देशक मणीराज लामिछानेले बताउनुभयो । विश्वव्यापी कोरोनाको महामारीपछि पर्यटन बजार विस्तारै छलायमान हुन शुरु भएको हो ।


प्रतिक्रिया