डेंगी नियन्त्रणका लागि रणनीतिक योजना तयार

असार २१, २०८१ | काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी संक्रमण नियन्त्रणका लागि रणनीतिक योजना २०८१ तयार पारेको छ ।

संघ, प्रदेश तथा स्थानीय तहको संयुक्त पहलमा डेंगी संक्रमण नियन्त्रण गर्ने लक्ष्य सहित सो योजना तयार पारिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यसैबीच काठमाडौं, झापा, चितवन लगायत मुलुकका प्रमुख शहरमा डेंगी संक्रमण हुनेको संख्यामा बृद्धि हुंदै गएको महाशाखाले जनाएको छ । 

गत जनवरी देखि हालसम्म काठमाडौंमा मात्र १ सय ५९ जनामा संक्रमण पाइएको छ ।

त्यसैगरि झापामा १ यस २०, चितवनमा ८३ जनामा संक्रमण पुष्टी भएको महाशाखाले जारी गरेको रिपोर्टमा जनाइएको छ ।


प्रतिक्रिया