कंग्रेस र एमालेले प्रधानमन्त्रीको राजिनामा पछि मात्रै मन्त्रालय भागवण्डा गर्ने

असार २१, २०८१ | काठमाडौं

नयाँ सत्तासमिकरण बनाएका कंग्रेस र एमालेले प्रधानमन्त्रीको राजिनामा पछि मात्रै मन्त्रालय भागवण्डा र मन्त्रीहरु चयन गर्ने जनाएका छन ।

प्रधानमन्त्रीको राजिनामा आईनसकेको सन्र्दभमा मन्त्रालय भागवण्डा र मन्त्रीहरु चयन गर्ने विषय अलि हतारो हुने कंग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

यद्यपी कंग्रेसमा कसको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा छलफल गर्न कंग्रेसले संसदीय दलको बैठक भोलीका लागि बोलाएको छ ।

पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नका लागि उपसभापति पुर्णबहादुर खड्का एवं नेताहरु कृष्ण सिटौला प्रकाशमान सिंह आकांक्षी रहेको कंग्रेस श्रोतले जनाएको छ । यद्यपी कसको नेतृत्वमा जाने भन्ने विषय पार्टी सभापतिले निर्णय गर्ने प्रमुख सचेतक लेखकको भनाई छ ।

 प्रधानमन्त्रीले राजिनामा नदई संसदमा विश्वासको मत लिन गरेको तयारी, नयाँ सत्तासमिकरण एवं पार्टीबाट मन्त्रीहरु चयन गर्ने विषयमा संसदीय दलको बैठकमा भोली छलफल हुने लेखकले बताउनुभयो ।

प्रधानमन्त्रीले राजिनामा नदिएर संसदमा विश्वासको मत लिने कार्य संवैधानिक भएपनि राजनीतिक दृष्टिकोणले उचित नभएको प्रमुख सचेतक लेखकले बताउनुभयो । 

यसैबीच एमालेले पनि प्रधानमन्त्रीको राजिनामा पछि मात्रै मन्त्रालय भागवण्डा र मन्त्रीहरुको विषय टुङगो लगाईने बताएको छ । 


प्रतिक्रिया