मुलुकका ३० जिल्ला बाढी÷पिहरोको उच्च जोखीममा

फाइल फोटो  

असार २१, २०८१ | काठमाडौं

मनसनु थप सक्रिय भएसंगै मुलुकका विभिन्न ३० जिल्लाहरु बाढी तथा पिहरोको उच्च जोखीममा परेका छन् ।

गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका जिल्लाहरुमा आगामी आईतबारसम्म बर्षा हुने र बाढी पहिरोको जोखिम पनि उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व र मुस्ताङमा उच्च जोखीम देखिएको हो ।

त्यस्तै लुम्बिीनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्व पनि बाढी पहिरोको जोखिमा परेका छन् । कर्णाली प्रदेशका ६ वटा तथा सूदुरपश्चिम प्रदेशका ७ वटा जिल्लाहरु पनि प्रभावित हुने देखिएको छ ।

कोशी, मधेश र बागमति प्रदेशका केही जिल्लाहरु भने तुलनात्मक रुपमा कम जोखीम रहेको महाशाखाले जनाएको छ । 

आगामी आईतबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान गरिएको छ । 

वर्षाका कारण भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुवानका साथै दैनिक जन–जीवन, प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ । 


प्रतिक्रिया