एकीकृत समाजबादीमा अन्य पद मिलाउन सकस

असार २१, २०८१ | काठमाडौं

एकीकृत समाजवादीमा अध्यक्ष सहित तीन पदाधिकारी सर्वसम्मत भएपनि अन्यमा भने सकस देखिएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिवलगायतका १८ पदाधिकारी सर्वसम्मत रुपमा चयन गर्न समाजवादीलाई सकस परेको हो ।

काठमाडौंमा आइतबारबाट जारी पार्टीको १० औं महाधिवेशनबाट हिजो अध्यक्षमा माधवकुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत चयन हुनुभएको छ ।

तर एक जना वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, ४ उपमहासचिव, सचिव ७ र केन्द्रीय समितिमा सहमति जुटाउन भने चुनौति देखिएको नेताहरुले बताएका छन । 

महाधिवेशनको हलबाट सहभागि प्रतिनिधिहरुको बहुमत संख्याले सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने सुझाव दिएपछि तीन पदाधिकारी सर्वसम्मतबाट चुनिएका हुन् । वरिष्ठ उपाध्यक्षका लागि राजेन्द्र पाण्डे, वेदुराम भुसाल र प्रमेश हमालको दाबी उपमहासचिव गंगालाल तुलाधरले बताउनुभयो ।

यस्तै, केन्द्रीय समितिमा महिला लगायत सबै निर्वाचन क्षेत्रको क्लस्टर मिलाउन पनि समस्या भएको तुलाधरको भनाइ छ । यद्धपी सहमतिकै आधारमा महाधिवेशनबाट २ सय ९९ केन्द्रीय समिति चयनको टुंगो आज साँझसम्म लाग्ने प्रवक्ता जग्गनाथ खतिवडाले बताउनुभयो । 


प्रतिक्रिया