मुख्यमन्त्री लामाले पाए विश्वासको मत
श्रावण १५, २०८१
वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो । लामा वाग्मती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नियुक्त हुनु भएको थियो ।
मुख्यमन्त्री लामालाई कांग्रेसका ३७ र एमालेका २७ जना प्रदेश सभा सदस्यले मत दिएका हुन् । मुख्यमन्त्री लामाको विपक्षमा माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यले मतदान गरेका छन् । प्रदेशसभाको बैठकमा उपस्थित कुल १ सय ३ सदस्य मध्ये विपक्षमा ३५ मत रह्यो भने ३ मत तटस्थ रहेको थियो ।
नेमकिपा तटस्थ बसेको हो । एमाले र कांग्रेसको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका लामाले गत शनिवार आफू नेतृत्वको मन्त्रीमण्डललाई पूर्णता दिनु भएको थियो ।