गाडी दुर्घटनामा सर्केगाडका उपाध्यक्ष कार्कीको मृत्यु

भाद्र ४, २०८१ | सुर्खेत
सवारी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ ।
सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कार्की सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी भेरीगंगा नगरपालिका–५ को एमाले मोडमा दुर्घटनामा परेको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटना लगत्तै कार्कीलाई उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा लगिएको थियो । उपचारका क्रममा गएराति उहाँको मृत्यु भएको प्रहरीको भनाइ छ ।
कार्की गत चुनावमा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचत हुनु भएको थियो ।