अत्याधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

आश्विन ४, २०८१

बझाङमा अत्याधिक रक्तश्रावका कारण एक जना सुत्केरीको मृत्यु भएको छ । मष्टा २ बाडेगाउँकी ३५ बर्षिया रुपकला कठायतको अत्याधिक रक्तश्रावका कारण आज मृत्यु भएको हो ।

स्थानिय स्वास्थ्य संस्थामा कठायत सुत्केरी भएपछि एक घण्टा सम्म साल अडकिएको र स्थानिय स्वास्थ्यकर्मीले साल झिकेको जिल्ला अस्पताल बझाङले जनाएको छ । त्यसपछि बेहोस भएकी उनलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो । 

अस्पताल पु¥याउँदा नै उनी जीवित रहेको संकेत नभएपनि बचाउने प्रयास गरिएको जिल्ला अस्पताल प्रमुख डा. नवराज जोशीले बताउनुभयो । साल अडकिएका कारण रक्तश्राव धेरै भएर उनको मृत्यु भएको हुन सक्ने जोशीले बताउनुभयो ।  


प्रतिक्रिया