यस वर्षको मनसुन बाहिरिन सुरु

आश्विन २०, २०८१ | काठमाडौं

नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु भएको छ ।

नेपालको सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरुबाट मनसुन बाहिरीएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायु कमजोर हुँदै गएकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाको भनाइ छ । जेठ २८ गतेबाट कोशी प्रदेशको ताप्लेजुङबाट प्रवेश गरेको मनसुन असोज १६ मा बाहिरिने प्रक्षेपण महाशाखाले गरेको थियो ।

सदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको मनसुनले भारी वर्षा गर्नुका साथै काठमाडौँ र भैरहवामा ५० वर्ष पुरानो अत्यधिक वर्षाको रेकर्ड नै तोडेको थियो ।  


प्रतिक्रिया