सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत ८० हजार घूससहित पक्राउ

कार्तिक ८, २०८१ | बारा

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह पक्राउ परेका छन् । 

घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित टोलीले साहलाई घुस लिरहेको अवस्थामा पक्राउ गरेको हो । 

अख्तियार कार्यालय हेटौंडाका सूचना अधिकारी गोविन्द प्रसाद गौतमका अनुसार कलैया ४ मा सेवाग्रहीसँग ८० हजार रुपैयाँ नगद घुस लिइरहेको अवस्थामा साहलाई पक्राउ गरिएको हो । 

नगरपालिकाबाट सञ्चालित योजनाको बीलको भुक्तानी दिए वापत साहले घुस लिएको अख्तियारले जनाएको छ ।    


प्रतिक्रिया