गुल्मीको मुसीकोट नगरपालिका १ मा मतदान सुरु

मंसिर १६, २०८१ | (पाल्पा

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–१ को वडाअध्यक्ष पदका लागि आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । रिक्त वडा अध्यक्ष पदका लागि तोकिएकै समयमा मतदान सुरु भएको मुख्य निर्वाचनको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले जानकारी दिनुभयो । 

वडा अध्यक्ष निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्ऽ तोकिएको सहायक निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो । महिला, पुरुष, ज्येष्ठ नागरिकका लागि छुट्टा छुट्टै लाइन व्यवस्थित गरिएको छ । यो वडामा ४ हजार ५१ जना मतदाता रहेका छन् ।

वडा अध्यक्ष का लागि ८ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । ५ जना राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार रहेको स्थानीय प्रकाश घिमिरेले जानकारी दिए । 

नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय पजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्री उम्मेदवार छन् ।

स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्ऽ खरेल, कुलबहादुर थापा उम्मेदवार रहेका छन् । यस वडामा कांग्रेसबाट वडा अध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको गत २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । मतदान सके लगत्तै मतगणना पनि वडामै गणना हुनेछ । गणनास्थलमा पनि तयारी गरी सकिएको छ ।


प्रतिक्रिया