सरकारको गति निकै सुस्तः महामन्त्री थापा

वैशाख २, २०८२
गठबन्धन सरकारप्रति सत्तारुढ नेपाली कंग्रेसका नेताहरुको असन्तुष्टी व्यक्त भइरहेका बेला सो पार्टीका महामन्त्री गगन थापाले सरकारको गति निकै सुस्त भएको बताउनुभएको छ । संविधान संसोधन लगायत एजेन्डासहित बनेको सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको थापाको भनाइ छ ।
दुई दलीय संयन्त्रका सदस्य समेत रहेका थापाले पछिल्लो दिनमा सरकारको कार्यशैलीप्रति निरन्तर प्रश्न उठाउँदै आउनुभएको छ । मन्त्रीपरिषद् बैठक बस्दा आफूहरुलाई डर लाग्ने स्थिति भएको उहाँको भनाइ छ ।
यसैबीच, नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक वैशाख १७ गतेका लागि बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि कार्यसमिति बैठक बोलाइएको हो ।