सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढेकाले सरकार धेरै नटिक्ने माओवादी अध्यक्ष दाहालको दाबी

वैशाख २, २०८२
प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढेकाले सरकार धेरै नटिक्ने दाबी गर्नुभएको छ । ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ अन्तर्गत पूर्वी नवलपरासी पुगेका अध्यक्ष दाहालले आज आयोजित एक कार्यक्रममा केपी शर्मा ओली नेतृत्वको सरकारसँग कांग्रेस एमालेकै कार्यकर्ता असन्तुष्ट रहेको टिप्पणी गर्नुभएको हो ।
अध्यक्ष दाहालले सरकारप्रति सत्तासाझेदार र जनतामा चरम वितृष्णा फैलिएको दावी समेत गर्नुभयो । उहाँले शिक्षक, पत्रकार, लघुवित्त तथा विभिन्न राजनीतिक दल सडक आन्दोलनमा हुँदासमेत सरकार मुकदर्शक बनेर बसेको आरोप लगाउनुभयो ।