राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुखमा डा. भूसाल नियुक्त
माघ ६, २०८१ | काठमाडौं
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका डा. भीष्मकुमार भूसाल नियुक्त हुनुभएको छ ।
गृहमन्त्रीस्तरको यही माघ ४ गतेको निर्णयअनुसार डा. भूसाल अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको कार्यकारी प्रमुख बन्नुभएको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ को नियम ५ अनुसार भूसाललाई प्राधिकरणको जिम्मेवारी दिइएको हो ।
पुस १ गते कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल समाप्त भएपश्चात सो पद रिक्त थियो ।