न्याय सम्पादनमा राजनीतिक दवाव र चेतावनी आयोः न्यायाधीश मल्ल
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2025/news/sapanapradhan-1738936081.jpg&w=700&height=600)
माघ २५, २०८१ | काठमाडौं
सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादनका क्रममा राजनीतिक दवाव र चेतावनी आउने गरेको बताउनुभएको छ ।
काठमाडौंको हिमालयन ह्वाइटहाउस कलेजले आयोजना गरेको कार्यक्रममा बोल्दै विगतमा संसद विघटनविरुद्ध फैसला गर्दा आफूलाई प्रधानन्यायाधिश नबनाउने चेतावनी आएको बताउनुभयो ।
न्याय परिषद्मा राजनीति हावी भएको चर्चा गर्दै न्यायाधिश मल्लले न्यायाधिशले स्वतन्त्रतालाई आफ्नो कामबाट पुष्टि गर्नुपर्ने बताउनुभयो । न्यायिक स्वायत्तता निकै महत्वपूर्ण हुने न्यायाधीश मल्लको भनाई छ ।