६ महिनादेखि तार चुडिएर ग्राभिटी रोपवे बन्द

फाल्गुन ११, २०८१

एक दशकअघि मकवानपुरको कैलाश गाउँपालिकाको कपचेरी र घैराङडाँडा जोड्ने गरी बनेको नेपालकै पहिलो ग्राभिटी रोपवेको तार चुडिँदा ६ महिनादेखि रोपवे बन्द भएको छ । गुरुत्वाकर्षण शक्तिबाट विनाविद्युत् र इन्धनबाट चल्ने ग्राभिटी रोपवे बन्द भएपछि स्थानीय समस्यामा परेका छन् । ग्राभिटी रोपवे गत भदौ १४ गते तार चुडिएर बन्द भएको थियो । 

अहिलेसम्म मर्मत सम्भार हुन नसकेको हाम्रा सहकर्मीले जनाएका छन् । गाउँमा उत्पादन भएका कृषिजन्य वस्तु बजारसम्म पु¥याउन र आवश्यक सामान बजारबाट गाउँमा लैजान समस्या भएको स्थानीयबासीको भनाइ छ । रोपवेको तार मर्मत सम्भार गर्न करिब ७ लाख रुपैया लाग्ने अनुमान गरिएको छ । तर अहिलेसम्म वडा र पालिका कार्यालयले मर्मतसम्भारतर्फ चासो नदिएको स्थानीयवासीको गुनासो छ । 


प्रतिक्रिया