माओवादीको तराई मधेस जागरण अभियान स्थगित

फाल्गुन २५, २०८१ | बारा
नेकपा माओेवादीको जनतासँग माओवादी तराई मधेस जागरण अभियान अनिश्चित कालको लागि स्थगित भएको छ । अभियानको १३ ओैं दिनमा कार्यक्रम स्थगित भएको हो । गत फागुन १२ देखि कोशी प्रदेशको झापाको केचनादेखि सुरू भएको लङमार्च अभियान रौतहट सकेर स्थगित भएको नेकपा माओवादीका बारा अध्यक्ष अनिल श्रेष्ठले बताउनुभयो ।
केन्द्रमा राजनीतिक उतारचढावको कारणले रौतहटबाट कार्यक्रम स्थगित भएको बाराका अर्का नेता लालकिरण चौलागाईंले बताउनुभयो । सम्भवतः फागुपछि बारादेखि अभियानलाई फेरि निरन्तरता दिइने सम्भावना रहेको उहाँले बताउनुभयो । झापादेखि पश्चिम कञ्चनपुरसम्मको जागरण अभियान तय रहेकोमा कोशी प्रदेश र मधेसको ८ जिल्लामध्ये ६ जिल्ला पुगेर अभियान स्थगित भएको हो ।