नेता सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्र्थापनासहितको आन्दोलन अघि बढ्छः राणा

चैत्र ८, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले पञ्चायतकालिन नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनस्र्थापनासहितको आन्दोलन अघि बढ्ने बताउनुभएको छ । राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्था पुनस्र्थापना लगायतका एजेन्डासहित आन्दोलन गर्ने निर्णय गरेको केही दिनपछि महामन्त्री राणाले सुवेदीको नेतृत्वमा सबैलाई समेटेर आन्दोलन हुने बताउनुभएको हो ।
सुवेदीको नेतृत्वमा आन्दोलन गर्दा विवाद गर्न आवश्यक नभएको उहाँको भनाइ थियो । राजावादी शक्तिवीच आपसमा प्रतिस्पर्धा गर्न नहुने राणाले बताउनुभयो ।
राप्रपाभित्र राजा फर्काउने अभियानका लागि नवराज सुवेदी र दुर्गा प्रसाईहरु सहभागी भएको समितिमा बस्न नहुने मत बलियो भएपनि महामन्त्री राणा भने फरक कित्तामा देख्नुभएको छ ।