डुबेर ३ जना बालक मृत्यु

चैत्र १८, २०८१

मकवानपुरको सिस्नेरीमा खाल्डोमा जमेको पानीमा डुबेर ३ जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरी

चौकी नजिकै डुबेर उनीहरुको डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरुको

पहिचान खुलेको छैन । मृतकको उमेर १२÷१३ वर्षको रहेको छ ।

असोज १२ गते आएको पानीले सिस्नेरीको सडक बगाएर बनेको खाल्डोमा मामाघर आएका बेला उनीहरु नुहाउन गएको प्रहरीको आशंका छ । 


प्रतिक्रिया