डोटीमा चट्याङ लागेर एकको मृत्यु, ७ जना घाइते

प्रतीकात्मक तस्बिर 

चैत्र २८, २०८१ | डोटी

डोटीमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । गएराति सायल गाउँपालिका–६ दल्लेखमा चट्याङले लागेर स्थानीय ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो । 

चट्याङबाट लहरीका छोराछोरी १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिनाका शंकर नागरी घाइते भएका छन् । 

उनीहरुको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

यस्तै, चट्याङले लागेर स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया