गौरादह नगर अस्पतालको शिलान्यास

चैत्र ३१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको शिलान्यास गर्नुभएको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अस्पतालबाट स्थानीयबासीका साथै सीमावर्ती भारतीय क्षेत्रका बासिन्दाका लागि स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताउनुभयो ।
सो अस्पताल १२ करोड ५९ लाख रुपैया भन्दा बढीको लागतमा २०८३ माघ १४ भित्र निर्माण गर्ने लक्ष्य राखिएको छ । यसैबीच प्रधानमन्त्री ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको कार्यक्रम अनुसार आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो ।