सुदूरपश्चिमको भाषा हराउन थाल्योः कांग्रेस सभापति देउवा

वैशाख १, २०८२ | काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय सुदूरपश्चिमको भाषा प्रयोग हुन छाडेको बताउनुभएको छ ।
देउडा समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले सुदूरपश्चिममा बोलीचालीका रुपमा प्रयोग हुने भाषा हराउँदै गएको बताउनुभएको हो । समाजमा भाषाको प्रयोग कमी हुँदा पहिचान हराउने जोखिम देउवाले बताउनुभयो ।
सुदूरपश्चिमका विभिन्न जिल्लामा अहिले देउडा भाकामार्फत भाषाको प्रवर्धन भइरहेको देउवाको भनाइ छ ।