सवारी दुर्घटनाका आरोपित नौ वर्षपछि पक्राउ

वैशाख १६, २०८२ | दाङ
सवारी दुर्घटनाका एक आरोपित नौ वर्षपछि दाङको तुलसीपुरबाट पक्राउ परेका छन् । सवारी दुर्घटनाका आरोपित तुलसीपुर उपमहानगरपालिका–१५ मलवारका ३६ वर्षीय कृष्ण बहादुर चौधरीलाई प्रहरीले गरिएको पक्राउ गरेको हो ।
२०७२ मंसिर १७ गते ना ५ ख ७३१९ नम्बरको बसले ठक्कर दिँदा रा ३ प २७२३ नम्बरका स्कूटर चालक रुकुम पश्चिम घर भई तुलसीपुर–५ बस्ने २१ बर्षीय दिवाकर वलीको मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका चौधरीलाई नौ वर्षपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले बताउनुभयो ।
चौधरीमाथि अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान भईरहेको ठकुरीले जानकारी दिनुभयो । दुर्घटनाका बेला चौधरी बसका सहचालक रहेको प्रहरीले जनाएको छ ।