भीमदत्त राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु

वैशाख १७, २०८२ | डोटी

डोटीको जोरायल गाउँपालिका–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा बैतडीका ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो । धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको जिप जोरायल–२ मेलखोलास्थित भीमदत्त राजमार्गमा गएराति दुर्घटना भएको हो । 

गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

बैतडी डिलासैनी गाउँपालिका–४ की ६५ वर्षीया धना नेगी र चालक २४ वर्षीय अशोक बमको अवस्था गम्भीर छ । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया