भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माण हुने

जेष्ठ १५, २०८२ | काठमाडौं

काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज संघीय संसद्मा आर्थिक वर्ष २०८२÷८३ को बजेट भाषणका क्रममा भृकुटीमण्डपको विषय उल्लेख गर्नुभएको हो । सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने जनाएको छ । 

 अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री पौडेलले महिला लक्षित उद्यमशीलता प्रवद्र्धन गर्न रोजगारी तथा स्वरोजगारीका अवसरहरु वृद्धि गरिने उल्लेख गर्नुभयो ।   


प्रतिक्रिया