व्यवसायीको हड्तालविरुद्ध सर्वोच्चमा रिट दर्ता

जेष्ठ २०, २०८२

सार्वजनिक यातायात व्यवसायीले गरेको हड्तालविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 

अधिवक्ता विमल पोखरेलले तुरुन्त यातायात सञ्चालन गर्न र हड्ताल रोक्न अन्तरिम आदेशको माग गर्दै रिट दायर गर्नुभएको हो । 

पोखरेलले सार्वजनिक यातायातमा हड्ताल गर्न नपाइने र यसले नागरिकको आवतजावत् गर्न पाउने अधिकार हनन भएको उल्लेख गर्नुभएको छ । सो रिटको सुनुवाइका लागि भोलि पेशी तोकिएको छ ।  


प्रतिक्रिया