गुलरिया ९ का वडा अध्यक्ष विरुद्ध भारतमा पक्राउ पुर्जी जारी

जेष्ठ २१, २०८२ | बर्दिया
नेपालको सीमावर्ती भारतीय मुर्तिहा रेन्ज पोष्टले बर्दियाको गुलरिया नगरपालिका–९ का वडा अध्यक्ष हरी प्रसाद पासवान माथि पक्राउ पुर्जी जारी गरेको छ ।
पासवानमाथि भारतीय वन अपराध पंजिकाले अपराधिक क्रियाकलाप अन्तर्गत पक्राउ पुर्जी जारि गरेको हो । वन अपराधको आरोपमा गुलरिया–९का अनिल यादव माथि आरोप लगाउदै पुर्जी जारी गरेको वडा अध्यक्ष पासवानले बताउनुभयो ।
भारतीय वनकर्मीले उनिहरु माथि अखेटापहार ओसार पसार गरेको आरोप लगाएको हो । भारतीय वनरक्षकले नेपाली नागरिक माथि कुटपीट र दुव्र्यवहार गरेको विरोधमा आवाज उठाएपछि आफुहरु विरुद्ध झुठो मुद्दा दायर गरेको वडा अध्यक्ष पासवानले बताउनुभयो ।
सो सम्बन्धमा सशस्त्र प्रहरी बल ३१ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक मान बहादुर शाहीले वडा अध्यक्ष पासवान र यादव विरुद्द पक्राउ पुर्जी जारी गरेको जानकारी पाएको बताउनुभयो । सो सम्बन्धमा भारतीय समकक्षी संग समन्वय भई रहेको उहाँको भनाई छ ।