काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

जेष्ठ २०, २०८२

काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बन गरेको छ । पाण्डेमाथि छानबिन गर्न ६ महिनाका लागि निलम्बनको पत्र पठाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बताउनुभयो । मेयर बालेन्द्र शाहको मौखिक निर्देशनमा गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा पाण्डेलाई यसअघि सातबुँदे स्पष्टीकरण सोधिएको थियो । 

महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ । प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा लक गरिएको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरेको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइएको र हाजिर पुस्तिका कब्जामा लिइएको विषयमा पाण्डेमाथि स्पष्टीकरण सोधिएको थियो । पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाउनुभएको थियो ।


प्रतिक्रिया