प्रेस स्वतन्त्रतामाथि हमला भएको समाजवादी प्रेस संगठनको ठहर

असार ११, २०८२
समाचार लेखेकै आधारमा दृष्टि अनलाइनका सञ्चालक शम्भु श्रेष्ठ लगायतमाथि अदालतको अवहेलना मुद्दामा उपस्थित हुन दिएको आदेशले प्रेस स्वतन्त्रतामाथि हमला भएको भन्दै समाजवादी प्रेस संगठन नेपालले आपत्ति जनाएको छ । संगठनले विज्ञप्ति जारी गर्दै विशेष अदालतको आदेशले ‘नेपालको न्यायलयले नेपाली पत्रकारिता क्षेत्रलाई शंका र प्रतिशोधको दृष्टिकोणले हेर्छ भन्ने बुझाईलाई थप प्रष्ट पारेको उल्लेख गरेको छ ।
विशेष अदालतले मंगलबार तीन दिनभित्र आफैं उपस्थित हुन सञ्चालकश्रेष्ठसहित दृष्टिका पत्रकारलाई आदेश दिएको थियो । सो आदेश प्रेस काउन्सिल नेपालको कार्यक्षेत्रमाथि ठाडो अतिक्रमण भएको समाजवादी प्रेस संगठनको ठहर छ । महासचिव रोहित दाहालद्वारा जारी विज्ञप्तिमा अदालतको आदेश फिर्ता लिन संगठनले माग गरेको छ ।