नेपाली राष्ट्रिय पुरुष यु–२३ टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त

असार ११, २०८२ | काठमाडौं
नेपाली राष्ट्रिय पुरुष यु–२३ टोलीको मुख्य प्रशिक्षकमा नविन न्यौपाने नियुक्त भएका छन् । ताजकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप क्वालिफायरका लागि उनलाई नियुक्त गरिएको हो ।
न्यौपानेलाई अखिल नेपाल फुटबल संघ एन्फा कार्यवाहक महासचिव बद्री भट्टराईले नियुत्ती पत्र हस्तान्तरण गरेका हुन् । आगामी सेप्टेम्बर ३ देखि ९ सम्म हुने प्रतियोगितामा नेपालसहित ताजकिस्तान, सिरिया र फिलिपिन्स समूह एच मा छन् । एसियाका ४४ टिमलाई विभिन्न ११ समूहमा विभाजन गरिएको छ । समूह विजेता बन्ने टोली एसियन कपमा सिधै छनोट हुनेछन् ।