स्पेन प्रकरणः सीआईबीद्वारा अनुसन्धान सुरु

असार ३२, २०८२

स्पेनको सेभियामा भएको राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन ‘भिजिट’ भिसामा गएकाहरु नफर्किएको बिषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले अनुसन्धान सुरु गरेको छ । सीआईबीले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) होविन्द्र बोगटीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । 

समितिले हिजोबाटै काम थाल्दै भारतको दिल्लीस्थित स्पेनिस दूतावाससँग सम्मेलनमा सहभागी हुन गएकाको सूची मागेको छ । स्पेनमा असार १६ देखि १९ गतेसम्म आयोजना भएको कार्यक्रममा सहभागी हुन गएकामध्ये ७३ जना नफर्किएपछि रकम असुलेर ‘असम्बन्धित व्यक्तिलाई पठाइएको आंशका गरिएको छ । सम्मेलनमा भाग लिन भन्दै दुई साताको अवधिमा सरकारी भ्रमण टोलीबाहेक साधारण भिसा प्रयोग गरी ८२ नेपाली स्पेन पुगेको देखिएको छ । तीमध्ये ७३ जना अझै फर्किएका छैनन् ।

सोही विषयमा छानबिन गर्न प्रहरी सीआईबीले समिति गठन गरेको हो । स्पेनबाट नफर्किनेमध्ये कतिपय ‘संगठित गिरोहको योजनामा रकम बुझाएर गएको’ हुन सक्ने आशंका छ । सो बिषयबारे छानविन गर्न विपक्षी माओवादी केन्द्र, रास्वपा, राप्रपालगायत दलले माग गर्दै आएका छन् ।  


प्रतिक्रिया