चितवनमा आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ

श्रावण ११, २०८२ | चितवन
चितवनका केही क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा लोडसेडिङ सुरु भएको छ । जिल्लाको चनौलीस्थित नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको हो ।
अत्यधिक गर्मीमा विद्युत माग बढेको भन्दै बिहान तीन घण्टा र दिउँसो तीन घण्टा गरी दिनमै ६ घण्टा विद्युत आपूर्ति कटौती गरिएको प्राधिकरणको चनौली वितरण केन्द्रका प्रमुख राजकुमार श्रेष्ठले बताउनुभयो ।
पश्चिम चितवन र माडी क्षेत्रमा चनौलीबाट विद्युत आपूर्ति हुँदै आएको छ । अत्यधिक गर्मी र अहिले सिंचाइँका लागि विद्युतको माग अत्यधिक भएका कारण फिडर अनुसार भार व्यवस्थापन गर्न विद्युत कटौती गरिएको उहाँले बताउनुभयो ।
वर्षा नभएपछि सिंचाइका लागि मोटर चलाउ“दा समस्या भएको उहाँको भनाई छ । भरतपुरबाट चनौली आउने ३३ केभीको कन्डक्टर तारमा तीन सय एमपीए भन्दा बढी विद्युत प्रवाह गर्न नमिल्ने र विद्युतको माग ४५० एमपीएसम्म पुगेका कारणले समस्या बढेको उहाँले जानकारी दिनुभयो ।
गत वर्ष नै बसेनीको सवस्टेशनबाट अर्को लाइन ल्याउने काम निर्माणकै क्रममा रहेको र अत्यधिक गर्मी र रोपाइँमा मोटर चलाउँदा भार बढेको श्रेष्ठको भनाइ छ । पश्चिम चितवनमा डिप बोरिङहरु पनि रहेको उहाँको भनाई छ ।