चितवनको सिमलतालमा स्कारपियो र माइक्रो ठक्कर खाँदा २ जना घाइते

श्रावण १२, २०८२ | चितवन

 नारायणगढ मुग्लिन सडकको भरतपुर महानगरपालिका २९ सिमलतालमा सोमबार दिउँसो माइक्रो बस र स्कारपियो गाडी ठक्कर खाँदा दुवै गाडीमा क्षति पुगेको छ । यो घटनामा दुईजना सामान्य घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

मुग्लिनबाट नारायणगढ आउँदै गरेको बा २ ख ८३७२ नम्बरको माइक्रो मुग्लिन तर्फ जाँदै गरेको बी ए ई ३४९८ नम्बरको स्कारपियोसँग दिउँसो सवा तीन बजे ठक्कर खाएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले बताउनुभयो ।

माइक्रोमा दुईजना यात्रु रहेको र उनीहरू सामान्य घाइते भएको चितवन प्रहरीले जनाएको छ ।


प्रतिक्रिया