भारतको शिमलामा जिप दुर्घटना : सल्यानका ४ जनाको मृत्यु

भाद्र ३१, २०८२ | काठमाडौं

भारतको हिमाचल प्रदेशको सिमलामा भएको जिप दुर्घटनामा सल्यानका एकै परिवारका ३ सहित ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सल्यानको कुमाख गाउँपालिका–४ बस्ने तज्युलाका ३७ वर्षीय राजेश विष्ट, ४७ वर्षीय डिल्लीबहादुर शाही, ३७ वर्षीय एकेन्द्र शाही र २४ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको हो ।

काममा जाँदै गर्दा पिकअप गाडी दुर्घटनामा परेर चारै जनाको घनास्थलमै मृत्यु भएको कुमाख गाउँपालिका–४ का वडाध्यक्ष शोभीलाल बस्नेतले जानकारी दिनुभयो ।

दसैंमा घर फर्किने भनेर मजदुरीका लागि गएका एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएपछि अहिले पूरै गाउँशोकमा रहेको छ ।

मृत्यु भएका सबैको अहिले पोस्टमर्टम भइरहेको र शिमलामा रहेका कुमाख गाउँपालिकाका स्थानीय र आफन्तको सहयोगमा मृतकको शव घर ल्याउने तयारी भइरहेको अध्यक्ष बस्नेतको भनाइ छ ।


प्रतिक्रिया