कारागारबाट फरार सात कैदी पक्राउ

भाद्र ३१, २०८२ | काठमाडौं
जेन–जिको आन्दोलनको क्रममा नख्खु, केन्द्रिय कारागार सुन्धारा, दाङतुलसीपुर र दार्चुला कारागारबाट फरार भएका थप चार सहित ७ जना कैदीबन्दीलाई बर्दियामा प्रहरीले पक्राउ गरेको छ ।
बर्दिया बारबर्दिया नपा–९ बनगाईका ५३ वर्षिय जर्वजस्ती करणी मुद्दाका फरार अभियोगी हरीराज उपाध्याय पक्राउ परेको प्रहरीले जनाएको छ ।
कैलाली घोडाघोडी नपा–६ का ७३ वर्षिय कालु भनिने कालु दमई जर्वजस्ती मुद्दाका फरार अभियोगीलाई पक्राउ गरेको छ ।
उनी दाङ तुलसीपुर कारागारबाट फरार भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डिएसपी चक्र डमर पालले बताउनुभएको छ ।
दार्चुला कारागारबाट फरार अन्दाजी ४०÷४१ वर्षका मानबहादुर विक पक्राउ परेका छन् ।
उनी सुर्खेत मैनतारा गापा–२ का विकमानव बेचबिखन मुद्दाका फरार कैदीपक्राउ परेका हुन् ।
यस्तै, बर्दिया बढैयाताल गाँउपालिका–७ पचासाका ४९ वर्षिय मनिराम दमई केन्द्रिय कारागार सुन्धारा कारागारबाट फरार कैदी पक्राउ परेका हुन् ।
उनीमाथि हाडनाता करणीको आभियोग छ ।