पहिरोले धनकुटाको मुक्तेनका ९ परिवार विस्थापित

आश्विन ७, २०८२ | धनकुटा
लगातारको वर्षाका कारण पहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका ६ मुक्तेनका ९ परिवार विस्थापित भएका छन् । निर्माण भइरहेको भेडेटार–रवि–राँके सडकको माथिल्लो भागबाट हिजो दिउँसोदेखि पहिरो खस्नेक्रम सुरु भएको प्रहरीले जनाएको छ ।
पहिरो खस्ने क्रम अझै जारी रहेको प्रहरीले जनाएको छ । विस्थापित परिवारलाई अस्थायी टहरा बनाएर राखिएको हाम्रा सहकर्मीले जनाएका छन् । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईका अनुसार पहिरो प्रभावित परिवारलाई सुरक्षित रुपमा बसोबास गराउने तयारी गरिएको भैरहेको छ । पहिरो प्रभावित स्थानमा गाउँपालिकाका अध्यक्ष, भेडेटार इलाका प्रहरी कार्यालय लगायतको उपस्थितिमा क्षतिको मुचुल्का संकलन गरिएको छ ।