वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरियो

आश्विन १९, २०८२ | काठमाडौं
जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपरान्ह विज्ञप्ति जारी गरेर सो बारे जानकारी दिएको हो ।
वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आएपनि मनसुन वहिर्गनम भई नसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन विभागले आग्रह गरेको छ ।
बंगालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणालीका कारण गत शुक्रबारदेखि आज बिहानसम्म सक्रिय रहेको तथा त्यसबाट देशका विभिन्न भागमा परेको प्रभावबारे विभागले जानकारी दिएको हो ।