जेनजीलाई आफ्नो अभिभावक चिन्न दाहालको आग्रह

कार्तिक १, २०८२ | काठमाडौं
जेनजी युवाको नेतृत्वको विषयलाई लिएर विभिन्न टिप्पणी भइरहेका वेला माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले आफ्नो अभिभावक चिन्न आग्रह गर्नुभएको छ ।
पछिल्लो केहि समय यता विभिन्न समूहले आफूलाई आधिकारीक जेन जीको नेतृत्व भएको दलिल पेश गरिरहँदा दाहालले सो आग्रह गर्नुभएको हो । काठामडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जेन जी आन्दोलनको म्यानडेट अनुसार मुलुकको आगामी कार्यादेश तय गर्नका लागि छलफलमा आउन आग्रह समेत गर्नुभयो ।
पछिल्लो पटक गठन भएको सरकारको आधिकारिकतालाई लिएर केहि दलका नेताले दिएको अभिव्यक्तिको विषयमा समेत दाहालले असन्तुष्टि जनाउनुभएको छ । केही दिनअघि एक कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुशिला कार्की नेतृत्वको सरकारलाई आधिकारीक मान्न नसक्ने बताउनुभएको थियो ।
दाहालले आन्दोलन लगत्तै कामचलाउ प्रधामन्त्रीका रुपमा ओलीले नै कार्कीलाई अन्तरिक सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको दाबी गर्नुभयो । अन्तरिम सरकारले घोषणा गरेको निर्वाचन समयमै नभए देश जटिल मोडमा जाने उहाँको भनाइ छ ।
जेनजी आन्दोलनको जगमा बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेको छ । सोहि अनुसार निर्वाचन आयोग लगायत सम्बद्ध निकायले निर्वाचनको तयारी सुरु गरिसकेका छन् ।