सिमरामा जेनजी समूह र एमाले कार्यकर्ताबीच झडप,राती ८ बजेसम्म कर्फ्यू
मंसिर ३, २०८२ | बारा
सिमरामा जेनजी समूह र एमाले कार्यकर्ता बीचको झडप भएको छ ।
एमालेको बाराको परवानीपुरमा निर्धारित कार्यक्रमलाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत विहानको कार्यक्रममा सहभागी हुन जाने भएपछि त्यसको विरोधममा उत्रेका जेनजी समूहसँग एमालेको झडप भएको हो ।
यसैबीच, झपडकोस्थितीलाई ध्यान दिँदै सिमरा एयरपोर्ट सट डाउन गरिएको हाम्रा सहकर्मीले जनाएका छन् । स्थिति नियन्त्रण गर्न प्रहरीले एयरपोर्टको अगाडि मुख्यद्वारमा ४ सेल अश्रु ग्यास प्रहार गरेको छ ।
सिमराको मुख्य राजमार्ग र एयरपोर्ट आसपासमा अहिले पनि तनावपुर्ण स्थिति रहेको छ ।
पुर्व–पश्चिम राजमार्गको पथलैयादेखि एमालेको निर्धारित कार्यक्रम स्थल परवानीपुर हुँदै वीरगन्जको गण्डकसम्मको त्रिभुवन राजपथको ५ मिटर दायाँबायाँ र सिमरा एयरपोर्टको ५ सय मिटर वरिपरि कफ्र्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
दिउँसो साढे १२ बजे देखि राति ८ बजे सम्म कफ्र्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।









