वर्तमान सरकारलाई अदालतले संवैधानिक ठह¥याउन सक्दैनः एमाले अध्यक्ष ओली

मंसिर ६, २०८२ | काठमाडौं

एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई अदालतले संवैधानिक ठह¥याउन नसक्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित जनप्रदर्शन तथा जनसभामा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई संवैधानिक ठह¥याउन सक्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । वर्तमान सरकारको परिक्षण अदालतबाट हुने उहाँको भनाई थियो ।

अध्यक्ष ओलीले जेनजीको नाममा युवाहरुलाई भ्रममा पर्ने दुरुपयोग गर्ने काम भएको उल्लेख गर्नुभयो । उहाँले जेनजीको माग सबै कब्जा गरेर षड्यन्त्र गरेरै राज्यका संरचना, नेता कार्यकर्ताहरूको घर जलाइएको दाबी समेत गर्नुभयो ।

यसैबीच, नेकपा एमालेले काठमाडौंमा आज जन प्रदर्शन गरेको छ । पछिल्लो समय वडा, पालिका र जिल्ला तहमा जनसभा गर्दै आएको एमालेले आज प्रदर्शनीमार्गमा कार्यक्रमलाई एमालेले शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा भनेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म जाने तयारीस्वरुप एमालेले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शन पार्टीको बागमती प्रदेश कमिटीले गरेको हो ।

¥यालीपछि आयोजित जनसभामासभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरुले सम्बोधन गरेका थिए ।  


प्रतिक्रिया