युवा पुस्ताको नेतृत्वलाई सत्ता हस्तान्तरण गर्नु सरकारको दायित्वः प्रधानमन्त्री कार्की
मंसिर १८, २०८२ | काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनबाट युवा पुस्ताको नेतृत्वमा सत्ता हस्तान्तरण गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सरकार प्रतिवद्ध भएर लागेको समेत बताउनुभयो ।
जेन जी आन्दोलनबाट पाठ सिकेर मुलुकमा सुशासन बहालीका लागि सबै पक्षले योगदान गर्नुपर्ने उहाँको भनाइ थियो । युवा पुस्ताको माग अनुसार अघि बढ्नुपर्ने भन्दै प्रधानमन्त्री कार्कीले भन्नुभयो ।
यसैबीच प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारीबारे दल तथा सरोकारवाला निकायसँग थप छलफल गर्ने तयारी गर्नुभएको छ ।











