हल्का हिमपातको सम्भावना
पुस १८, २०८२ | काठमाडौं
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराई भू–भागका धेरै स्थानहरूमा बिहानीपख हुस्सु÷कुहिरो रहनेछ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।
आज देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।










