बाघ नियन्त्रणमा लिन हात्ती परिचालन

पुस १८, २०८२ | काठमाडौं

बर्दिया राष्ट्रिय निकुञ्जले समस्याग्रस्त बाघ नियन्त्रणमा लिन दुई वटा हात्तीसहितको टोली खटाएको छ ।

गत मंगलबार मधुवन नगरपालिका–२ कोठियागाउ‘की १७ वर्षिया विनिता परियार बाघको आक्रमणमा परि मृत्यु भएको थियो ।

त्यसपछि समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन दुई वटा हात्ती तथा प्राविधिक र नेपाली सेना परिचालन गरिएको वरिष्ठ प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिनुभयो ।

जैविक मार्गको पत्थरबोझी क्षेत्रमा बाघको खोजी भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।

केही महिना यता निकुञ्ज क्षेत्रमा वन्यजन्तुको आक्रमण बढ्न थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।  


प्रतिक्रिया