चितवनमा पानी चरा घट्दा चिन्तामा संरक्षणकर्मीे

माघ १९, २०८२ | चितवन

हिउँदयाममा नेपाल आउने पानीमा आश्रित चराहरुको गणना सम्पन्न भएरआज आधिकारिक रुपमा नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार देशका १८ क्षेत्रमा गरिएको चरा गणनामा सवैभन्दा धेरै चितवन निकुञ्ज क्षेत्रमा चराहरु भेटिएका छन् । 

विभागले दिएको जानकारी अनुसार चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्र आसपासमा कुल ६३ प्रजातिका २५ हजार ३ सय ५८ चरा भेटिएका हुन् । 

गत वर्ष भन्दा दुई प्रजाति बढे पनि चराहरुको कुल संख्या घटेको बताईएको छ । गतवर्ष ६१ प्रजातिका २७ हजार ५ सय ६४ चरा भेटिएका थिए । यस पटक चराको संख्यादुई हजार २ सय ६ कम भएको तथ्यांक छ । 


प्रतिक्रिया