निर्वाचनलाई लिएर उत्पन्न सशंय हटाउन प्रतिवद्ध छौँ : सभापति थापा
फाल्गुन १४, २०८२ | काठमाडौं
नेपाली कंग्रेसले चुनावी अभियानका क्रममा कर्णाली प्रदेशको सुर्खेतमा सभा आयोजना गरेको छ । चुनावी घोषणापत्र सार्वजनिक गर्दै मधेस प्रदेशमा पहिलो सभा गरेको कंग्रेसले आज सुर्खेतमा सभा गरेको हो ।
सभालाई कंग्रेस सभापति गगनकुमार थापा लगायत नेताले सम्वोधन गरेका थिए । सभापति थापाले निर्वाचनलाई लिएर उत्पन्न सशंय हटाउन आफूहरु प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नतिजाको चिन्ता नगरी चुनावलाई सफल बनाउन कंग्रेस प्रतिवद्ध रहेको थापाले बताउनुभयो । गत भदौ २३ र २४ गतेको घटनालाई बिर्सिएर चुनावमा जान नहुने सभापति थापाको भनाइ थियो । मुलुकमा यथास्थितिवादी र उत्तेजना सृजना गर्ने दुई वटा शक्ति देखिएको सभापति थापाले चर्चा गर्नुभयो । अतिवादी सोचले मुलुकको हित नगर्ने उहाँको भनाई छ ।
यसैबीच नेपाली कंग्रेसकी उपसभापति पुष्पा भुसालले भ्रष्टाचारलाई कांग्रेसले स्वीकार नगर्ने र संवैधानिक निकायमा भागबन्डा स्वीकार नगर्ने दावी गर्नुभयो । निर्वाचनमा आफूहरुले वामपन्थी दलदेखि विचार र स्पष्ट दृष्टिकोण नभएका पार्टीसँग प्रतिस्पर्धा गर्नुपरेको बताउनुभयो ।











